८ बैशाख २०८१, शनिबार | April 20, 2024

लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट मस्र्याङदी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतरि मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो ।

घटनास्थलमै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । उक्त जिप उकालोमा ब्रेक फेल हुदाँ बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए । घाइते ८ जनाको उपचार भइरहेकोमा ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका ८ रिङटाङका अन्दाजी २० बर्षीया उर्मिला गुरुङ, सोही ठाउँका २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ, ३२ वर्षीया सीता गुरुङलाई रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै, भुस्मेका १३ वर्षीय बालक राज तामाङ, १३ वर्षीय बालक हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुङ्गा खिजिबिम्बा गाउँपालिका ७ का ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन