हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन तीनै तहमा हुने बताएका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् । ‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही…