बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएको छ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी हुने गरेको उनले बताए । जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरिबाट दर्शनार्थी आउने र बसाई सरेका व्यक्तिसमेत जात्राका लागि घर फर्किने…