मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । त्यसैगरी गत असारको वर्षाबाट…