महेन्द्रनगर । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन् । आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष…