३ मंसिर २०८२, बुधबार | November 19, 2025

खजुरा र बर्दियामा डकैती र लुटपाट गर्ने २ जना पक्राउ



खजुरा । खजुराको डी गाँउमा डकैती गर्ने समुहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । खजुरा १ नम्बरमा सुन पसल गर्ने हरि बहादुर बिकको डी गाँउ स्थित घरमा पेस्तोल ताकेर डकैती गर्ने समुहका २ जनालाई बाँकेको जानकी गाँउपालिका ५ बढीगाँउबाट प्रहरीले पक्राउ गरेको हो ।

सो समुहका भारत रुप्ैडिया घर भएका २६ वर्षिय डल्लु महिनार र भारत बाबागन्ज बाबाकुटीका २८ वषीय निजामुद्दीन कवडीयालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

सो समुहले पौष २९ गते बर्दिया बढैयाताल ८ बस्ने पर्शुराम सार्कीको घरबाट राति पेस्तोल देखाई ३,३५,०००। बराबरको नगद र सुन लुटेको थियो भने माघ १७ गते खजुरा डि गाउँ बस्ने हरी बहादुर बिकको घरबाट परिवारका सबै सदस्यहरुलाई बाँधेर बन्धक बनाई नगद ५०,०००।,सुन साढे ३ तोला र २२० सिसीको पल्सर मोटरसाईकल लुटेर लगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ३२ बजे

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७