२७ भदौ २०८३, शनिबार | September 13, 2026

खजुरा र बर्दियामा डकैती र लुटपाट गर्ने २ जना पक्राउ



खजुरा । खजुराको डी गाँउमा डकैती गर्ने समुहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । खजुरा १ नम्बरमा सुन पसल गर्ने हरि बहादुर बिकको डी गाँउ स्थित घरमा पेस्तोल ताकेर डकैती गर्ने समुहका २ जनालाई बाँकेको जानकी गाँउपालिका ५ बढीगाँउबाट प्रहरीले पक्राउ गरेको हो ।

सो समुहका भारत रुप्ैडिया घर भएका २६ वर्षिय डल्लु महिनार र भारत बाबागन्ज बाबाकुटीका २८ वषीय निजामुद्दीन कवडीयालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

सो समुहले पौष २९ गते बर्दिया बढैयाताल ८ बस्ने पर्शुराम सार्कीको घरबाट राति पेस्तोल देखाई ३,३५,०००। बराबरको नगद र सुन लुटेको थियो भने माघ १७ गते खजुरा डि गाउँ बस्ने हरी बहादुर बिकको घरबाट परिवारका सबै सदस्यहरुलाई बाँधेर बन्धक बनाई नगद ५०,०००।,सुन साढे ३ तोला र २२० सिसीको पल्सर मोटरसाईकल लुटेर लगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ३२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित