२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

‘खबरकुरा’लाई धम्की दिएको घटनाप्रति संचारसम्बद्ध संघ संस्थाहरुको आपत्ति

बुटवल । बुटवल मिलनचोकस्थित एक होटलमा भएको घटनासम्बन्धी समाचार प्रकाशित गरेको भन्दै खबरकुरा डट कमका संचालकहरुलाई दिइएको धम्कीको घटनाप्रति संचारसम्बद्ध संघसंस्थाहरुले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र प्रेस चौतारी नेपाल रुपन्देहीले विज्ञप्ति जारी गर्दै अनलाइनका प्रधानसम्पादक राजन पौडेल, प्रबन्धसम्पादक शरण कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठलाई धम्की दिइएको घटनाप्रति आपत्ति जनाएका हुन् ।…