३ श्रावण २०८३, आइतबार | July 19, 2026

‘खबरकुरा’लाई धम्की दिएको घटनाप्रति संचारसम्बद्ध संघ संस्थाहरुको आपत्ति



बुटवल । बुटवल मिलनचोकस्थित एक होटलमा भएको घटनासम्बन्धी समाचार प्रकाशित गरेको भन्दै खबरकुरा डट कमका संचालकहरुलाई दिइएको धम्कीको घटनाप्रति संचारसम्बद्ध संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही र प्रेस चौतारी नेपाल रुपन्देहीले विज्ञप्ति जारी गर्दै अनलाइनका प्रधानसम्पादक राजन पौडेल, प्रबन्धसम्पादक शरण कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठलाई धम्की दिइएको घटनाप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “आधिकारिक निकायले पुष्टि गरेको विवरणका आधारमा समाचार प्रकाशन गर्नु पत्रकारको दायित्व हो। सो समाचार हटाउन दबाब दिनु र धम्की दिनु प्रेस स्वतन्त्रता माथिको प्रहार हो।”

कात्तिक १६ गते (आइतबार बिहान) फोनमार्फत एक जना पुरुष र घटनामा मृत्यु भएका पुरुषकी छोरी बनाउने एक जना महिलाले अनलाइनबाट समाचार हटाउन र समाचार नहटाए कार्यालय तोडफोड गरिदिने र साइट बन्द गरिदिने भन्दै धम्की दिएका थिए ।

महासंघले समाचारप्रति असन्तुष्टि भए कानूनी बाटो अवलम्बन गर्न सकिने भन्दै धम्की र दबाब दिने कार्य प्रेस स्वतन्त्र प्रेसमाथिको हमला भएको भएको स्पष्ट पारेको छ। महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सील र अन्य निकायहरु रहेको भए पनि धम्की दिने शैली उचित नभएको महासंघले ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, आधिकारिक निकायले पुष्टि गरेका विवरणका आधारमा प्रकाशित भएको समाचारलाई आधार मनेर आफु अनुकुलको समाचार प्रकाशन नभएको भन्दै समाचार हटाउन दबाब दिँदै धम्की दिने यस्ता घटनामा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।

यस्तै प्रेस चौतरी रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले विज्ञप्ति जारी गर्दै खबरकुरा डटकमलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएकी छिन् ।

प्रेस चौतारीले यस्ता धम्की र दवावका घटना दोहोरिन नदिन कानूनी कारबाहीको माग गर्दै सम्पूर्ण पत्रकार समुदायलाई एकताको साथ अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वाधीनताको पक्षमा उभिन आग्रह गरेको छ।

विज्ञप्तिमा थप भनिएको छ, “पत्रकारलाई डर देखाएर वा धम्की दिएर सत्य सूचना प्रकाशनबाट रोक्ने प्रयास सह्य हुँदैन। अपराधी पहिचान गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई चौतारीले आग्रह गर्दछ।”

के थियो त समाचार ?

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ४३ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा