बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा निमोनियाको उपचार गराइरहेका ४५ वर्षीय चौहानको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान तीन दिनअघि निमोनिया…