२० बैशाख २०८३, आइतबार | May 4, 2026

कोरोना खोप विरुद्ध ट्रक चालकहरुको प्रदर्शन अनियन्त्रित बनेपछि क्यानडामा संकटकाल घोषणा

ओटावा । कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् । प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको…