२० बैशाख २०८३, आइतबार | May 3, 2026

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ…