१२ पुस २०८२, शनिबार | December 28, 2025

सात दिने शिशु बोकेर परीक्षा दिदै ११ कक्षाकी विद्यार्थी

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका-४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच…