६ बैशाख २०८१, बिहिबार | April 18, 2024

हेलम्बु राजमार्ग अवरुद्ध



सिन्धुपाल्चोक । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ०६:५० बजेको समयमा मेलम्ची नगरपालिका-१३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका स्थानीयवासी शालिग्राम घोरासैनीले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : १० बजे

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका