१३ श्रावण २०८३, बुधबार | July 30, 2026

आजदेखि देशभर ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै



काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ । गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइनेछ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकलाई पनि खोप लगाइनेछ । उनीहरुका लागि भने छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागले जनाएको छ ।

पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज लगाइने छ । साउन २४ गतेसम्म दोस्रो डोज लगाइने विभागले जनाएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ । त्यसका लागि आवश्यक खोप पनि पठाइसकिएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ०३ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ