८ पुस २०८२, मंगलबार | December 23, 2025

कालीगण्डकी नदीले तटबन्ध बगाएपछि बेनीमा कटान

म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका-८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।…