बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ट्राफिक लाईट जडान गरिएको छ । अत्यन्त ट्राफिक जाम हुने र सवारी दुर्घटना समेत बढी हुने गरेको बुटवल भैरहवा सडक खण्डको मणिग्राम चौकमा ट्राफिक लाईट जडान गरिएको हो । नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो ।…