११ श्रावण २०८३, सोमबार | July 27, 2026

कर्णाली साहित्य समाज साधना सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित



काठमाडौं । कर्णाली साहित्य समाज, सुर्खेतले २०७६ सालको कर्णाली साहित्य समाज साधना सम्मान २०७८ मा शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । समाजका संरक्षक सहितका पदाधिकारीहरु शताब्दी परुष जोशीको घरमै पुगेर सम्मान प्रदान गरेका थिए ।

२०७७ साल चैत ११ गते सुर्खेतमा आयोजित साहित्य पुरस्कार तथा सम्मान अर्पण समारोहमा सम्मान गरिने कार्यक्रम रहेपनि शारीरिक अस्वस्थताका कारणले जोशी कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्।

कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाह, उपाध्यक्ष देवकी तिमिल्सिना, सदस्य उगुना शाही, लेखक तथा पत्रकार श्री शेखर खरेल, निशु प्रोडक्सन तथा नेपाल इन्डिपेन्डेण्ट फिल्म्सकी कार्यकारी निर्देशक निशा श्रेष्ठ तथा निर्देशक श्रीगोविन्द खड्का सहितको टोली आज जोशीको घरमै पुगेर ताम्रपत्र सहितको सम्मान पत्र प्रदान गरेका थिए ।

जोशीलाई साहित्य साधना सम्मान अर्पण गरेर कर्णाली साहित्य समाज स्वयं सम्मानित भएको अनुभूत भएको कथाकार तथा कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेश विक्रम शाहले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ३० बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको