काठमाडौं । संसद विघटनको विरुद्धमा प्रमुख विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निषेधाज्ञाको उल्लंघन गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको हो । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ । प्रधानमन्त्री र…