२४ भदौ २०८३, बुधबार | September 9, 2026

बढ्यो इन्द्रसरोवर जलाशयमा पानीको सतह



काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।

कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए ।

पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उनले बताए ।

“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख गरे ।

यसैबीच इन्द्रसरोवर गाउँपालिकाले जलाशयबाट निस्किएको पानी कुलेखानी खोलामा मिसिन थालेको बताउँदै सम्भावित जोखिमबाट बच्न पालिका क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका-१ स्थित जलाशय इन्द्रसरोवरमा गत महिनाको अन्तिम साता पानीको सतह एक हजार ५१९ दशमलव ८३ मिटर पुगेको थियो ।

कुलेखानी जलविद्युत् आयोजना पहिलोको ६०, दोस्रोको ३२ र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता छ । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन भएपछि निस्किएको पानी दोस्रोमा पठाएर विद्युत् उत्पादन गर्ने र दोस्रोबाट निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ । आजको गोरखापत्र दैनिकमा राममणि दाहालले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : २५ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४