काठमाडौं । कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । नेपाल प्रहरी अस्पताल महारागन्जमा उपचाररत रहेकै अवस्थामा डीएसपी केसीको बिहीबार बिहान मृत्यु भएको हो । केसीलाई दुई हप्ताअघि संक्रमण पुष्टि भएको थियो । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।