काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पुष्टि गरे । बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।…