७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटको उत्पादन पुनः सुरु



काठमाडौं । आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो ।

कम्पनीले बुधबारदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन सुरु गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिए ।

आगलागीबाट भएको क्षतिसँगै ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउने भनेर रातदिन नभनी काम गरेको उनको भनाइ छ । उनका अनुसार उत्पादन सुरु भए पनि दुई/तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइनेछ । प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएका थिए । १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिए ।

उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४ सै घण्टा सञ्चालन गरिएको उनले जानकारी दिए । नेबिको बिस्कुटले २०७४ सालमा भैरहवामा बन्द अवस्थामा रहेको उद्योगलाई खरिद गरेर प्लान्ट सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल