१ पुस २०८२, मंगलबार | December 17, 2025

चहराइरहने एउटा घाउ : तलाक माग्दा एसिड प्रहार

जनकपुरधाम । श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन । मुद्दा लिएर अदालत पनि गइन । कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन । तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे ।…