१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारी पदमुक्त गर्ने सहमति, आन्दोलन स्थगित



काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी संघर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि अब संघर्ष स्थगित हुने भएको हो ।

मन्त्रालयका प्रतिनिधि र संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच बुधबार सहमति भएको हो । सहमति भएसँगै आजैबाट प्रतिष्ठानका सबै काम सुचारु हुनेछन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् ।

सहमतिअनुसार आजैबाट प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी हटाउने प्रक्रिया सुरु हुनेछ ।

यस्तै छानविन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरु पनि सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

प्रतिष्ठानमा झण्डै दुई महिनादेखि संघर्ष चल्दै आएको थियो । प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले संयुक्त संघर्ष गर्दैआएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ११ : २६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान