काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाडजन्य क्रियाकलाप नगर्न अपील गरेको छ । काठमाडौं प्रशासनले मंगलबार एक सूचना प्रकाशित गर्दै विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको हो । पछिल्लो केही दिनयता काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै प्रशासनले स्वास्थ्य मापदण्ड विपरितका गतिविधि नगर्न आग्रह गरेको हो…