१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ताको तयारी भएको छ ।

पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो ।

तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

पछिल्लो समय नेता नेम्वाङ, उपमहासचिव बिष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले दुबै नेताको भेटघाटको वातावरण बनाउन सक्रिय थिए ।

कार्यदलले बनाएको १० बुँदे सहमतिलाई हेरफेर आवश्यक भए त्यसलाई परिमार्जन गरेरै भए पनि पार्टी एक ढिक्का भएको सन्देश दिन ओली र नेपाललाई दोस्रो तहका नेताहरुको दबाब छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनुपर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको