महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका ४ मौवाफाँटबाट एकजना जुवा अड्डा संचालक सहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । आज साँझ ५ बजे प्रहरीले मौवाफाँट स्थित स्थानिय तेजबहादुर साउदको खुद्रा पसलमा छापा मार्दा जुवा खेलिरहेका ६ नाम सहित ३ गड्डी तास र ६५ हजार ५ सय नगद बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ…