७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ संक्रमित थपिए, ४३४८ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२८ र ४ हजार ४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ४ हजार ३४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ (पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ भने मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : १२ बजे

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ