१२ बैशाख २०८१, बुधबार | April 24, 2024

शान्ति सेनामा धेरै सैनिक पठाउनेमा नेपाल तेस्रो



काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

शान्ति सैनिक खटाएर योगदान पुर्‍याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा अहिले पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङ्गोलगायत देशमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको संख्या १७६ रहेको छ ।

नेपालले सन् १९५८ देखि सैनिक पठाउन सुरु गरेको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्‍याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

हालसम्म शान्तिसेनामा गएका ६८ नेपाली सैनिकले ज्यान गुमाएका छन भने ६६ जना सैनिक गम्भीर घाइते भएका छन । रासस

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : २० बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।