गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका अध्यक्ष दीपेन्द्र भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले गुल्मी-२ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार गोकर्ण विष्टलाई मदाने क्षेत्रबाट अपेक्षाकृत मत दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । भट्टराईले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै निर्वाचन परिणामको नैतिक जिम्मेवारी स्वीकार…