ललितपुर । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेसनले लिएर गरेकामा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने…