७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रुसमा जहाज दुर्घटना हुँदा नौ जनाको मृत्यु



मस्को(सिन्ह्वा) । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।

सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पकटको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ४३ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ