काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनसँगै लोकतन्त्रको पक्षधर अन्तराष्ट्रिय समूदायको समर्थन जुटाउन थालेको छ । काठमाडौंमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सम्बाददाताहरुलाई आमन्त्रण गरेर प्रचण्ड-नेपाल पक्षका नेताहरुले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् । विदेशी सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष द्वय माधवकुमार नेपाल र प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै…