६ पुस २०८२, आइतबार | December 21, 2025

दिगो शान्ति, सुशासन, र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।” नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र…