काठमाडौं । अहिले देशका केही भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको महाशाखाको भनाइ छ । पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार…