१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केही दिनभित्रै बहुमतको सरकार : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।

गोरखामा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संससबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको बताए । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए। ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौँ ।’

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको बताए । रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : २१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम