७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौं । राष्ट्रियसभा बैठक आजदेखि सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेपछि बैठक सुरु भएको हो । राष्ट्रियसभा सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा एकजना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ…