कैलाली । लागूऔषध चरेससहित कैलालीबाट सोमबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका-७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका-१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । दुबै जनालाई गोदावरी नगरपालिका-२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागूऔषध चरेससहित पक्राउ…