टीकापुर । कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ । टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो । उनको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइयो । भर्खरै सुत्केरी भएकी…