२३ बैशाख २०८३, बुधबार | May 6, 2026

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि पार्टी रणनीति तय गर्नका लागि आज केन्द्रीय समिति बैठक डाकिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुअघि निर्वाचन आयोगमा बुझाएको ८७ जना सदस्य उपस्थित हुनेछन् । यससँगै साविक नेकपामा माओवादी केन्द्रको तर्फबाट मनोनित गरिएका थप ११३ सदस्यको समेत उपस्थिति रहनेछ । ४४१ सदस्यीय नेकपामा माओवादी केन्द्रबाट २०० जना केन्द्रीय सदस्य मनोनित भएका थिए ।

शनिबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले पनि चैत १ मा हुने केन्द्रीय समितिको बैठक यथावत् राख्ने निर्णय गरेको थियो । तर, चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई तत्काल सरकारबाट फिर्ता आउन र एमालेमा केन्द्रीय सदस्य बनेका आफ्ना नेताहरूलाई आफ्नो पार्टी कुन हो स्पष्ट गर्न र दल त्याग गरेको भए २४ घण्टाभित्र पार्टीलाई सूचित गर्न निर्देशन समेत दिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : २६ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको