२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकियो, दधिराम खरेल पुन: अध्यक्ष बन्दै



बुटवल । पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकिएकाे छ ।

प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समुहले बहुसंख्यक सिट जितेको छ ।

दुई समुह बनेर उम्मेदवारी दिएकाे निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८) सहित जिवन कुमार बन्जाडे (१५३०) रामचन्द्र भुसाल (१३८६) माेहन पिएस (१४८४) चेतनारायण बेल्वासे (१३५७) नारायण प्रसाद घिमिरे (११४६) गाेपाल पाैडेल (१२९०) र कृष्णप्रसाद सापकोटा सागर (११४९) बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाकाे प्यानलबाट गाहा (१३८९) सहित कृष्ण प्रसाद पाण्डे (१११७) र सुरेन्द्र श्रेष्ठ (१४२२) मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

खरेलकाे प्यानलबाट ऋषिराम डुम्रे,कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाकाे प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गाैचन,लाल बहादुर गुप्ता एलजी, साेभाखर भण्डारी, प्रेम गाैचन रुक्मांगद पाण्डे र दिपेन्द्र श्रेष्ठ पराजित भए ।

२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएपछि ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ । निर्वािचत एक सदस्यका अनुसार  नव निर्वाचित स‌ञ्चालकहरुकाे पहिलाे बैठकले अध्यक्षमा वर्तमान अध्यक्ष दधिराम न्याैपानेलाइ चयन गर्ने छ र अध्यक्षले पदाधिकारी चयन गर्नेछन् ।

प्रालिको यहि २८ र २९ गते नया नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको कम्पनीको प्रवन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था छ ।

नेपालकै सबैभन्दा ठुलो यातायात व्यावसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेकोमा २ हजार ८६ जनाले मतदान गरेका थिए

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको