बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । पौडेलका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ…