१० पुस २०८२, बिहिबार | December 25, 2025

बाढीले पुल र बाटो बगाएपछि २६ दिनदेखि मुस्ताङ सम्पर्कविहीन

बागलुङ । बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ ।…