काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा एकताको दिशातर्फ उन्मुख भएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव पार्टी एकताको बिन्दु हुन सक्ने बताए । आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको…