२ चैत्र २०८२, सोमबार | March 16, 2026

दाङको लमहीमा ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान

दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान भएको छ । ‘ट्रमा’ बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका–१मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ…