हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन्। आज हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राखे । ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको अन्त्य गर्न प्रदेश…