२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बुटवलमा राजधानी जोगाउन राजिनामा दिएका नेकपा सम्बद्ध उद्योगी व्यवसायीले गरे राजिनामा फिर्ता



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएका पार्टी निकट उद्योगी व्यवसायीहरु राजिनामा फिर्ता गरेर पार्टी जिम्मेवारीमा फर्कन तयार भएका छन् ।

नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पुर्ववत पार्टी काममा फर्किन निर्देशन दिए पछि उनीहरु राजिनामा फिर्ता गर्न मन्जुर भएको पार्टीका उद्योग व्यवसाय विभाग रुपन्देहीका प्रमुख गोपाल रानाले जानकारी दिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीलगायतका पार्टी नेताहरु समेत सहभागी भेलामा उद्योगी व्यवसायीले १३ बुँदे माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्रमा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि राजीनामा दिएका उद्योगी व्यवसायीहरु पार्टी काममा फर्किन तयार भएका छन् । “प्रदेश राजधानी यहीं हुनुपर्छ भन्ने हामी सबैको माग थियो, उद्योगीहरुले पनि यसैमा असन्तुष्टी जनाएर राजीनामाको घोषणा गरेका थिए, तर अव उनीहरु पार्टीको जिम्मेवारीमा फर्किन तयार भएका छन्”–उद्योग व्यवसाय विभाग प्रमुख रानांले भने ।

बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका थिए । राजधानी तय गर्न दवावस्वरुप राजीनामा घोषणा गरिएको तर अव यो विषय टुंगिसकेको र पार्टीले अन्य मागहरु संबोधन गर्ने प्रतिवद्धता जनाएकाले पुनः पार्टी जिम्मेवारीमै फर्किने गरी सहमति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

उद्योगी व्यवसायीले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरेको त्यसको ठोस अधार खाजेका छन् । “हामीले आर्थिक र पर्यटकीय राजधानीको ठोस आधार खोजेका छौं, पार्टीले यसका लागि समेत प्रतिवद्धता जनाएपछि हामी राजीनामा फिर्ता गर्न सहमत भएका हौं र काममा फर्किन तयार भएका हौं”–उनले भने ।

नेपाल औषधि व्यवसायी संघका पुर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दवाव पुगोस् भनेर राजीनामा घोषणा गरिएको तर पार्टीले अन्य मागहरुमा सकारात्मक प्रतिक्रिया जनाएकाले पुर्ववत जिम्मेवारीमा फर्किन तयार भएको बताए ।

उद्योगी व्यवसायीको भेलामा सहभागी भएका प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री वैजनाथ चौधरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकीय सेवा उपलव्ध गराउनेगरी कानुन निर्माण गरिने प्रतिवद्धता जनाएका थिए ।

नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले तत्कालीन अवस्थामा असन्तुष्टी हुनु स्वाभाविक भएको बताउँदै भने, “प्रदेश राजधानीको सन्दर्भमा हामी सबैको असन्तुष्टी थियो, तर निर्णय भइसकेपछि आ–आफ्नो जिम्मेवारीमा फर्किनु सबैको दायित्व हो, यसका लागि राजीनामा दिएका उद्योगी व्यवसायीले भेलामार्फत जिम्मेवारीमा फर्किन तयार भएका हुन् ।”

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ०१ बजे

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो