३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

तातोपानीमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना

सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ । गत असार २९ को मन्त्रिपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितिमा भोटेकोसी गाउँपालिका-२ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । बिओपीको लागि तत्कालीन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व-भन्सार…