३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा बेवारिसे महिलाको मृत्यु

चितवन । कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा बेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनमा असोज १९ गते कोरोना पुष्टि भएको थियो…