तनहुँ । बन्दीपुर गाउँपालिका-४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरिवाना गराइएको छ ।
अवैधरूपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जनही पाँच हजार रूपैयाँका दरले जरिवाना गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका-१, कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो ।
प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरूलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरिवाना गराइएको छ । रासस
प्रतिक्रिया